सुनको चाँदीको मूल्य घट्यो

जनसम्मत
श्रावण ५, २०७९, बिहीवार

सुन र चाँदीको मूल्यमा आज (बिहीबार) गिरावट आएको छ।

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य तोलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो।