नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे

जनसम्मत
श्रावण ५, २०७९, बिहीवार

नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखेलाई चयन गरिएको छ।

पार्टीको आज (बिहीबार) बसेको बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेको सचिव भानु ढकालले जानकारी दिएका छन्।

पार्टी सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको बैठकले पालिखेलाई प्रवक्तामा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो।
गत मंसीरमा सम्पन्न जिल्ला अधिवेशनबाट पालिखे सदस्यमा निर्वाचित भएका थिए।