साहित्यकार खनालको निधनप्रति गण्डकी साहित्य संगमले दु:ख व्यक्त गर्‍यो

जनसम्मत
श्रावण ५, २०७९, बिहीवार

साहित्यकार एवं गण्डकी साहित्य संगमका संस्थापक अध्यक्ष कुलप्रसाद खनालको निधनप्रति संगमले दु:ख व्यक्त गरेको छ।

संगमले आज (बिहीबार) शोक विज्ञप्ति जारी गर्दै संगमका संस्थापक अध्यक्ष एवं प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय सदस्य खनालको बुधबार भएको असामयिक निधनप्रति दु:ख व्यक्त गरेको हो।

संगमले स्व. खनालप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजन्प्रति समवेदना प्रकट गरेको छ।

‘लामो समय प्राध्यापन सेवामा लाग्नुभएका खनालको योगदान नेपालको प्रगतिशील साहित्यको क्षेत्र र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण छ,’ संगमले विज्ञप्तिमा भनेको छ, ‘गण्डकी साहित्य संगमको स्थापना र विकासका साथै यस क्षेत्रका अन्य संस्थामा पनि उहाँको योगदान सिर्जनात्मक र सांगठनिक दृष्टिले समेत उत्प्रेरक रहेको छ।’