भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू

जनसम्मत
श्रावण ६, २०७९, शुक्रबार

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन्।

सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्।

जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन्। उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन्।

तेस्रो चरणको मत गणना हुँदा उनले ५० प्रतिशत मत कटाएकी छन्। उनलाई विपक्षी उमेदवार जशवन्त सिन्हाले बधाई दिइसकेका छन्।
विभिन्न दलका ५३८ सांसदले निर्वाचनअघि नै उनलाई समर्थन गरेका थिए।