लायन्स न्युरोड चौतारीले गर्‍यो बृक्षरोपण

जनसम्मत
श्रावण ७, २०७९, शनिबार

लायन्स क्लब अफ पोखरा न्युरोड चौतारीले बृक्षरोपण गरेका छ।

क्लवले शनिबार जिल्ला प्रसाशन कार्यलय कास्कीको प्राङगणमा अम्बा, एभोगाडो लगायतका फलपूmका विरुवा रोपेको हो।

बिश्वमा बढ्दो पर्यावरणीय असन्तुलनलाई रोकथाम गर्ने लायन्स अन्तराष्ट्रियको अभियान अन्तरर्गत क्लवले प्रशासनको प्राङगणमा करिब ३० वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेको हो।

कार्यक्रममा क्लवका अध्यक्ष कृष्णबहादुर लम्सालले जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजाललाइ बिरुवा हस्तान्तरण गरेर उद्धाटन गरिएको थियो।

लायन्स क्लव अन्राराष्ट्रिय, डिष्ट्रिक ३२५ जे का वातावरण को–चिफ दीपकराज घिमिरेले लायन्सले विश्वमा बढ्दो वातावरणीय प्रदुषणलाइ कम गर्नका लागि बार्षिक कार्यतालिका नै बनाएर बृक्षरोपण गर्दै आएको बताए।

क्लबका सहसचिब शंकर प्रसाद (बेद) अधिकारी, क्लवले प्रत्यक बर्ष कार्यतालिका बनाएर बिक्षरोपण, रक्तदान, बिद्यार्थीलाइ छात्रबृत्ति लगायतका सामाजिक कार्य गर्दै आएको बताए।

कार्यक्रमा जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, रिजन चियर पर्सन नरहरि पौड्याल, जोनचियर पर्सन क्षेत्रबहादुर बराल क्षेत्री, क्लबका पूर्बअध्यक्ष एवं डिष्ट्रिकका पदाधिकारी पवित्रमणि पोखरेल, नगेन्द्रप्रसाद पोखरेल, शिबराज बराललगायतको उपस्थिति थियो।

क्लबका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका तृतीय उपाध्यक्ष पूर्णबहादुर थापाले स्वागत मन्तब्य र कार्यक्रम संचालन क्लबका सहसचिब शंकरप्रसाद (बेद) अधिकारीले संचालन गरेका थिए।