नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई २५ हजार रुपैयाँ

जनसम्मत
श्रावण ७, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।

यस्तै, टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। स्वर्ण पदक विजेताले मात्रै नगद पाउने र रजत तथा कास्य पदक विजेता खेलाडीले मेडल र प्रमाणपत्र मात्रै प्राप्त गर्ने राखेपले जनाएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुँदैछ। प्रतियोगितामा ३६ खेलमा झण्डै ७ हजार खेलाडीले सहभागिता जनाउने संभावना छ।