श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना

जनसम्मत
श्रावण ७, २०७९, शनिबार

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्।

७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको श्रीलंकाको अनलाइन न्युज वायरले जनाएको छ।
उनले राष्ट्रपति रनिल विक्रमासिंघेसँग शपथ पनि लिएको खबरमा उल्लेख छ।

उनी श्रीलंकाको १५औँ प्रधानमन्त्री समेत बनेका छन्। गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेएका छन्।

गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। उन पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन्।