फ्रान्स पहिलो पटक महिला युरोको सेमिफाइनलमा

जनसम्मत
श्रावण ८, २०७९, आइतबार

फ्रान्सको महिला टोलीले पहिलो पटक युरो महिला कपको सेमिफाइनलमा स्थान बनाएको छ।

शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १–० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसीपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो।

फ्रान्सेली म्यानेजर कोरिन डिआक्रेले भनिन्, ‘हामी यहाँ इतिहास बनाउन आएका हौं।’

इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टोलीलाई सेमीफाइनल यात्रा गराएकी हुन्।

फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछि फ्रान्सका लागि पेनाल्टी अवसरको ढोका खुलेको थियो।

खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनि फ्रान्सेली गोलरक्षकले बिफल पारेकी थिइन्। योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ।

अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ। यसअघि, जर्मनीले अष्ट्रियालाई २–० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान १/१ गोल गरे। लिलाले २५ औं मिनेटमा अग्रता दिलाइन। पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन्। जर्मनी नवौं पटक युरो उपाधी जित्ने योजनामा छ।

अर्को सेमिफाइनलमा स्विडेन र इङ्ल्यान्ड भिड्नेछ।