लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गराए

जनसम्मत
श्रावण ८, २०७९, आइतबार

लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष २०७८/०७९ को असारमसान्त सम्ममा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन्।

राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।

गत आर्थिक वर्ष २०७७/०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए।
जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाए। लमजुङमा जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो। १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सक्नेछन्।

परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी २ विवरण ‘इन्ट्री’ गरिनेछ। नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।