रिलायन्स लाइफले माग्यो १९ जना शाखा प्रबन्धक

जनसम्मत
श्रावण ९, २०७९, सोमबार

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो।

रिलायन्स लाइफले ७ वटै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।

ईच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा मार्फत दरखास्त दिन सक्नेछन्।