गण्डकीको खेलकुद परिषदले थाल्यो नवौं राष्ट्रिय खेलकुदको तयारी

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप टिम छनोट, बन्द प्रशिक्षणका लागि अनुमानित खर्च करिव ७ करोड रकम लाग्नेछ

जनसम्मत
श्रावण १०, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी थालेको छ।

यसै क्रममा परिषदको सोमबार सकिएको पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा संचालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो।

बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ छन्।

त्यस्तै, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारामाया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषिराम गौतम, प्रचार–प्रसार उपसमितिमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिलबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ।

त्यसैगरी, अनुसन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णुमाया गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृति भण्डारीलाई जिम्मेवारी दिएको छ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले खेल संचालन कार्यविधि २०७९ छलफलपछि स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ।

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि अनुमानित खर्च करिव ७ करोड रकम लाग्नेछ।

त्यस्तै,  स्वीकृतिका लागि मन्त्रालय पठाउने निर्णय समेत गरेको प्रदेश खेलकुदका सदस्य सचिव तेजबहादुर गुरुङले जनाएका छन्।

बैठकको ३ फोटो फिचर