नवौं राष्ट्रिय खेलकुद: कुन खेल कहाँ ? (हेर्नुहोस, सूचीसहित)

जनसम्मत
श्रावण १०, २०७९, मंगलवार

गण्डकी प्रदेशको राजधानी पोखरा लगायत प्रदेश मातहतको विभिन्न जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ।

आगामी असोजको २८ देखि कात्तिकको ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत प्रदेश मातहतका विभिन्न जिल्लामा हुने प्रतियोगिताका खेलाडीहरुले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रदेश अन्तर्गत कुन खेल कहाँ आयोजना गर्नेबारे समेत टुंगो लगाएको आयोजक राखेपले जनाएको छ।

फुटबल (पुरुष), ह्याण्डबल (महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), बक्सिङ (महिला/पुरुष), तेक्वान्दो (महिला/पुरुष), कराँते (महिला/पुरुष), भारोत्तोलन (महिला/पुरुष), ब्याडमिन्टन (महिला/पुरुष), उसु (महिला/पुरुष), जुडो (महिला/पुरुष) का खेलहरु कास्कीको पोखरामा हुनेछन्।

त्यस्तै, हक्की (महिला/पुरुष), स्क्वास (महिला/पुरुष), जिम्न्यास्टिक (महिला/पुरुष), लन टेनिस (महिला/पुरुष), सफ्ट टेनिस (महिला/पुरुष), क्रिकेट (महिला/पुरुष), साइक्लिङ (महिला/पुरुष), आर्चरी (महिला/पुरुष) का खेल पनि कास्कीकै पोखरामा हुनेछन्।

त्यसैगरी, गल्फ (महिला/पुरुष), प्याराग्लाइडिङ (महिला/पुरुष), टायथलन (महिला/पुरुष) र रग्बी (महिला/पुरुष) का खेल पनि कास्कीकै पोखरामा हुनेछन्।

सुटिङ र पौडीको भने पोखरामा पूर्वाधार नबनिसकेकोले दुबै विधाको (महिला/पुरुष) का खेलहरु काठमाण्डौंमा हुने भनिएको छ।

स्याङ्जामा महिला फुटबल र फुल कन्ट्याक्ट कराँते (महिला/पुरुष) का खेलहरु हुनेछन्। म्याग्दीमा भलिबल (महिला/पुरुष) का खेलहरु हुनेछन्। मनाङमा टेबल टेनिस (महिला/पुरुष) का खेलहरु हुनेछन्। नवलपुरमा खो खो, कबड्डी र कुस्ती (महिला/पुरुष) का खेलहरु हुनेछन्।

तनहुँमा बास्केटबल (महिला/पुरुष) का खेलहरु हुनेछन्। गोरखामा सेपाकताक्रो (महिला/पुरुष) का खेलहरु हुनेछन्। लमजुङमा शारिरीक सुगठन (महिला/पुरुष) का खेलहरु हुनेछन्। आइटीएफ तेक्वान्दो (महिला/पुरुष) का खेलहरु बागलुङमा हुनेछन्।

(हेर्नुहोस, कुन खेल कहाँ ? सूचीसहित)