भरतपुर अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

१३ जना मेडिकल अधिकृत, २४ जना नर्स, फार्मेसीमा ५ र ल्याब टेक्निसियनमा ५ सहित ४७ जनाको माग

जनसम्मत
श्रावण १०, २०७९, मंगलवार

भरतपुर अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।

अस्पतालले सोमबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरु मागेको हो।

अस्पतालद्वारा जारी सूचनाअनुसार मेडिकल अधिकृत १३ जना, नर्स २४ जना, फार्मेसी सहायक ५ जना र ल्याब टेक्निसियन ५ जना गरी ४७ जना स्वास्थ्यकर्मी माग गरेको हो। योग्यता पुगेका ईच्छुकले ७ दिन भित्र आवेदन दिन सक्नेछन्।

हेर्नुहोस, सूचना