एसईईको नतिजा आउँदै (हेर्नुहोस, नतिजा हेर्ने तरिका)

एसईईमा जीपीए चार ल्याउने साढे ९ हजार, यसरी हेर्न सकिन्छ नतिजा

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधबार) सार्वजनिक गर्दैछ।

यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागु हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था गरेको छ।

कोरोना महामारीका कारण २ वर्ष आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक भएपनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा संचालन गरेको थियो।

परीक्षामा २ हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी छन्।

यसरी हेर्न सकिन्छ नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

 

www.see.gov.np
www.neb.gov.np
www.khalti.com
www.neemaacademy.com
www.ekantipur.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np
www.admissionnepal.com