९ हजार ६३३ ले ल्याए एसईईमा ए प्लस

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक आएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ।

३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। त्यस्तै, ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन्।
२.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५९८ जना छन्। त्यस्तै २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीहरु १ लाख १२ हजार ७३३ छन्।

त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ रहेको छ।

परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागु हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था गरेको हो।

नतिजा सार्वजनिक भएको १/२ सातामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र (मार्कसिट) पुग्नेछ। यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो।

सबै विषयको ग्रेडलाई एकीकृत गरेर परीक्षाको समग्र नतिजामा जीपीए निर्धारण गरिनेछ। एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार ८ वटा ग्रेड निर्धारण गरिनेछ।

परीक्षार्थीको प्राप्ताङ्कअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिनेछ। जसलाई जीपीए ४.० दिइनेछ। ८० देखि ९० अंकसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ। जसलाई जीपीए ३.६ दिइनेछ। त्यस्तै, ७० देखि ८० अंकसम्मलाई ‘बी’ प्लस ग्रेड मानिनेछ। जसलाई जीपीए ३.२ दिइनेछ। ६० देखि ७० अंकसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २.८ दिइनेछ।

५० देखि ६० अंकसम्मकालाई ‘सी’ प्लस ग्रेड दिई जीपीए २.४ मानिनेछ। ४० देखि ५० अंकसम्मकालाई ‘बी’ प्लस ग्रेड मानिने र जीपीए २.० दिइनेछ। त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १.६ दिइनेछ। ३५ अंकभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन। यस समूहलाई कुनै पनि ग्रेड समूहमा राखिने छैन। यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिनेछ।

कोभिड–१९ का कारण परीक्षा नियन्त्रण कार्यालयले यस पटक २ वर्षपछि भौतिक उपस्थितिमा परीक्षा संचालन गरेको थियो। कोभिडका कारण भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न नसकेपनि परीक्षा बोर्डले पछिल्लो २ वर्ष विद्यालयको अन्तिम मूल्यांकनलाई आधार मानेर एसईईको प्रमाणपत्र प्रदान गरेको थियो।

 

यसरी हेर्न सकिन्छ नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

 

www.see.gov.np
www.neb.gov.np
www.khalti.com
www.neemaacademy.com
www.ekantipur.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np
www.admissionnepal.com