गण्डकी प्रदेश छैठौं स्थानमा (एसईईको प्रदेशगत नतिजा)

यस वर्ष प्रदेशका ४६ हजार १२९ जना विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका छन्

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्तीर्ण (प्रतिशत) का आधारमा ७ प्रदेशहरुमध्ये गण्डकी प्रदेश छैठौं स्थानमा छ।

गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो।

सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो।

त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो।

तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको १७.०४ प्रतिशत हो।

चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो।

पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो।

सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।

 

यसरी हेर्न सकिन्छ नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

 

www.see.gov.np
www.neb.gov.np
www.khalti.com
www.neemaacademy.com
www.ekantipur.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np
www.admissionnepal.com