इङ्ल्यान्ड महिला युरो फुटबलको फाइनलमा

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

आयोजक इङ्ल्यान्डले महिला युरोकप फुटबलको फाइनल यात्रा गरेको छ।

पहिलो सेमिफाइनलमा मंगलबार राति स्विडेनलाई ४–० गोल अन्तरले हराउँदै इंङ्ल्यान्ड उपाधि नजिक पुगेको हो।

इङ्ल्यान्डलाई जित दिलाउन बेथ मेड, लुसी ब्रोन्ज, अलिसा रुस्सो र फ्रान किर्बीले १/१ गोल गरे।

इङ्ल्यान्ड सन् २००९ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनल पुगेको हो।

अब, इङ्ल्यान्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग फाइनल खेल्नेछ।