साफ यु–२० च्याम्पियनसीप: बंगलादेशले भारतलाई हरायो

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

साफ यु–२० च्याम्पियनसीप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २–१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो।

बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले २ गोल गरे। भारतका गुर्किरात सिंहले १ गोल फर्काए।

यस जितसँगै बंगलादेशले २ खेलमा ६ अंक ओडेको छ। बंगलादेश शीर्ष स्थानमा छ। पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो।

भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।