बजारमा सुनको मूल्य घट्यो, चाँदी बढ्यो

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ कायम भएको हो। अघिल्लो दिन चाँदी १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१५ दशमलव ७ डलर पुगेको छ।