युएईमा एसिया कप क्रिकेट हुने

जनसम्मत
श्रावण १२, २०७९, बिहीवार

संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता हुने भएको छ।

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता युएईमा आयोजना हुने भएको हो।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप युएईमा स्थानान्तरण गरेको हो।

टी–२० फम्र्याटमा आयोजना हुने एसिया कप निर्धारित समय अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्ममै हुने एसीसीले जनाएको छ।

एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन्। यस्तै, छनोट प्रतियोगिताबाट १ राष्ट्र गरी ६ टिम सहभागी हुनेछन्।