थप २ कम्पनीले पायो आइपीओ निष्कासन गर्ने अनुमति

जनसम्मत
श्रावण १२, २०७९, बिहीवार

नेपाल धितोपत्र बोर्डले थप २ वटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ।

त्यस्तै, एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ।

बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो।

इस्टन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्न स्वीकृति पाएको छ।

कम्पनीले सार्वजनिक निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेर आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ।