सुनचाँदीको मूल्य बढ्यो

जनसम्मत
श्रावण १२, २०७९, बिहीवार

सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य बढेको छ।

अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ८ सय रुपैयाँका दरले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ३० ले बढेर १ हजार १८५ रुपैयाँ तोकिएकोे छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।