राष्ट्रियसभाले पारित गर्‍यो नागरिकता विधेयक

जनसम्मत
श्रावण १२, २०७९, बिहीवार

राष्ट्रियसभाले नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ।

राष्ट्रियसभाको बिहीबार बसेकोे दोस्रो बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमत ले पारित गरेको हो।

राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरुको प्रश्नको जवाफ दिएका थिए। त्यसपछि बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ बहुमतले पारित गरेको हो।

यसअघि, साउन ६ गते प्रतिनिधिसभाले यो विधेयक पारित गरेको थियो। यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउने छ र प्रतिनिधिसभाले राष्ट्रपति समक्ष पठाउनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक कार्यान्वयनमा आउनेछ।

राष्ट्रियसभा र प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन्। प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ।