एसईईको रिजल्टमा तपाइँको चित्त बुझेन ? यस्तो गर्न सक्नुहुन्छ

जनसम्मत
श्रावण १३, २०७९, शुक्रबार

२ दिन अघि मात्रै माध्यामिक शिक्षा परीषद कक्षा १० (एसईइ) २०७८ को परीक्षा सार्वजनिक भएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसईई २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।

२०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेर पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरिएको छ।

प्रतिविषय ५ सय रुपैयाँ तिरेर निवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ।

हेर्नुहोस, पुनर्योग गर्ने तरिका (सूचनाभित्र)