गण्डकी प्रदेशसभाको चौथो संशोधन नियमावली बहुमतले पारित

जनसम्मत
श्रावण १३, २०७९, शुक्रबार

गण्डकी प्रदेशसभाको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ।

बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो।

चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए।

बैठकको शून्य तथा विशेष समयमा आशा कोइराला, राजीव पहारी, विष्णुप्रसाद लामिछाने, मायानाथ अधिकारी, ओमकला गौतम, मीना गुरुङ, मनकुमारी गुरुङ, हरिबहादुर चुमानलगायतले बढ्दो महँगी, बाढी पहिरोलगायतका विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका थिए।