गण्डकी प्रदेशसभाको विशेष समयमा कसले के बोले ?

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

गण्डकी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सदस्य रोशनबहादुर गाहा थापाले नवपरासीको बर्दाघाट सुस्ता पूर्वमा केही समययता नारायणी, लौकाहा, अरुण, विनय लगायतका खोलाका कारण पानीको बहाव बढेर खेत कटान गरेको औंल्याए।

कटानका कारण भएको खेती र जमिन बचाउँदै पीडितलाई क्षतिपूर्ति र राहत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

अर्का सदस्य आशा कोइरालाले तनहुँको दक्षिण पश्चिम ढोरबाराही मार्ग क्षतिग्रस्त बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

बैठकको विशेष तथा शून्य समयमा पियारी थापा, इन्द्रलाल सापकोटा, धनमाया पोखरेल, मीनप्रसाद गुरुङ, राजीव पहारी, ललितकला गुरुङ लगायतले मूल्यवृद्धि, बाढीपहिरोको प्रकोप लगायतका विषयमा सरकार तथा सदनको ध्यानाकर्षण गराए ।