‘नमस्ते पे’ को प्रयोगकर्ता लाख नाघ्यो

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

‘नमस्ते पे’का प्रयोगकर्ता १ लाख नाघेका छन्।

सरकारी लगानी रहेको भुक्तानी सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत नमस्ते पे संचालनमा छ।

४० करोड रुपियाँ चुक्ता पुँजी रहेको नमस्ते पेमा टेलिकमको ५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४९ प्रतिशत लगानी छ। प्रविधिको उपयोगमार्फत ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित २०७७ साउन १३ गते कम्पनी संचालनमा आएको थियो।

शुक्रबार कम्पनीले २ वर्ष पूरा गरेको छ। नमस्ते पेप्रति बढ्दो विश्वासलाई दिगो राख्न कम्पनीले भविष्यमा नयाँ सेवा सुविधा थप्ने तथा थप आकर्षित बनाउन यजुर इन्टरफेस (युआई)मा परिवर्तन गर्ने योजना छ।