महिला साफ च्याम्पियनसीप : बन्द प्रशिक्षणमा ५८ खेलाडीहरु बोलाइयो

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्काे महिना घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीपको लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको छ।

मुख्य प्रशिक्षक कुमार थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९ औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्।

प्रशिक्षण सोमबार सुरु हुने एन्फाले जनाएको छ। प्रशिक्षणमा बोलाइएको खेलाडीको सुचीमा चोटका कारण टोली बाहिर रहेकी नियमित कप्तान रेनुका नगरकोटे पनि रहेकी छिन्।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरु

गोलकिपर : एन्जिला सुब्बा, अञ्जना रानामगर, उषानाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन

डिफेन्डर : अमृता जैशी, गीता राणा, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी रानामगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सबिना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामीमगर

मिडफिल्डर : सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी रानामगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जलीकुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का, सञ्जु कुमाल

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन