छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि आवेदन खूल्यो (सूचनासहित)

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकका लागि आवेदन खुलेको छ।

चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन खुलाएको हो।

शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पीटीएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबीबीएस, बीडीएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको आयोगले जनाएको छ।

एमबीबीएसमा १०, बीडीएमा १ र डप् फार्मेसीमा ८ सिट संख्या छन्। इच्छुक विद्यार्थीले साउन १६ भित्र अनलाइन आवेदन पेस गर्न सक्नेछन्।

हेर्नुहोस, चिकित्सा शिक्षा आयोगको सूचना