पोखराको पीसीएममा शिक्षक र कर्मचारीबीच मैत्रीपूर्ण फुटसल

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच फुटसल प्रतियोगिता भएको छ।

पोखरा फुटसल अरिना, गैरापाटनमा सम्पन्न प्रतियोगितामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने टिमहरुलाई पुरस्कार समेत वितरण गरिएको छ।

कलेजको प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे। प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीमा राजकिरण छत्कुली, सर्वाधिक गोलकर्तामा निकेश कर्मचार्य र सर्वात्कृष्ट गोलरक्षकमा सरोज कुँबर बने।

कार्यक्रममा बोल्दै प्राचार्य श्रेष्ठले कलेजले यस्ता कार्यक्रमहरु विगतमा पनि गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने बताए। त्यसैगरी, विजयी टिमका कप्तान प्रतिक राईले प्रतियोगिताले शिक्षक कर्मचारीहरुबीचको सम्बन्ध प्रगाढ बनाएको औंल्याए।