प्रेस सेन्टरमा पदाधिकारीको टुंगो, उपाध्यक्षमा २० र सचिवमा मात्रै २७ जना

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टरमा जिम्मेवारी बाँडफाँड गरिएको छ।

नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको हिजो र आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले ६१ जनाको जम्बो पदाधिकारी चयन गरेको हो।

जसमध्ये जम्बो २० जना उपाध्यक्षमा र २७ जना सचिव, १ महासचिव र १० जना उपमहासचिवमा चयन भएका छन्। महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टर नेपालले पदाधिकारी चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सह–कोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन्।
गत २०७८ मंसिर १८ र १९ गते चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनको हलले अध्यक्षमा विष्णु सापकोटालाई चयन गर्नुका साथै १९९ जना केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो।

महाधिवेशनको ९ महिनापछि बल्ल सर्वसम्मत पदाधिकारी चयन गर्न प्रेस सेन्टर सफल भएको हो।