सुन चाँदीको मूल्य दिन प्रति दिन बढ्दै

जनसम्मत
श्रावण १५, २०७९, आइतबार

सुन चाँदीको मूल्य दिनप्रति दिन बढ्न थालेको छ।

हप्ताको पहिलो दिन आज (आइतबार) तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ।

२ दिनअघि मात्रै (शुक्रबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ।
तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।