अर्थमन्त्री शर्माले लिए शपथ

जनसम्मत
श्रावण १५, २०७९, आइतबार

अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज (आइतबार) साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन्।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि छानबिनको लागि २२ असारमा संसदीय समिति गठन भएको थियो।

शर्माले त्यसै दिन राजीनामा दिएका थिए। तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि शर्मा आवद्ध दल नेकपा माओवादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्रीमा दोहोर्‍याएका हुन्। शपथ लिएलगत्तै उनी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार साँझै कार्यभार सम्हाल्न पुगेका छन्।