नेप्सेमा दोहोरो अंकले उच्च वृद्धि

जनसम्मत
श्रावण १५, २०७९, आइतबार

कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।

नेप्से आज ५४ दशमलव ५८ अंकले बढेर २ हजार १ सय ९५ दशमलव १० विन्दुमा पुगेको हो।

आज फाइनान्स बाहेक सबै उपसमुहको शेयर उकालो लागेको छ । आज २ सय २० वटा कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता शेयर कुल ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपैयाँमा कारोबार भएको छ। आज १० कम्पनीको मूल्य झन्डै १० प्रतिशतले बढेको छ।

त्यस्तै, युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ र स्टान्डर्ड चार्टड बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। कारोबार रकमका आधारमा अमज शिवम् सिमेन्ट, नेपाल टेलिकम, एसियन लाइफ, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावरअगाडि छन्।