साफ यु–२० च्याम्पियनसीप : नेपालको भारतसँग लज्जाजनक हार

जनसम्मत
श्रावण १५, २०७९, आइतबार

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ।

भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप ७ गोल खायो।

भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे।

यो हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। नेपालको ६ अंक छ। आज हारेपनि नेपालको फाइनल प्रवेश संभावना कायमै छ।