पोखरा–बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले हिरक जयन्ती मनाउँदैं

जनसम्मत
श्रावण १६, २०७९, सोमबार

गण्डकी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यामिक विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको छ।

७५ वर्षअघि स्थापना भएको विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको हो।

हिरक जयन्तीको अवसरमा विद्यालयले पुरस्कार वितरण, सम्मान तथा बिदाई गरेको छ। विद्यालयको अक्षयकोषदाता, एसईई सर्वोत्कृष्ट विद्यार्र्थी, उत्कृष्ट विषयगत शिक्षक, उत्कृष्ट कक्षा मोनिटर र उत्कृष्ट अभिभावकलाई सम्मान गरेको हो।

अनिवार्य अवकास लिएका विद्यालयका सहायक प्रधानाध्यापक, शिक्षिका र लेखापाललाई विद्यालयले विदाई गरेको छ।

सो अवसरमा विद्यालयले शैक्षिक सत्र २०७७/०७८ को शैक्षिक पुरस्कार तथा छात्रवृत्ति समेत प्रदान गरेको छ।

विद्यालयले अनिवार्य अवकास लिएका विद्यालयका सहायक प्रधानाध्यापक जीवनाथ शर्मा पौडेल, शिक्षिका सीता बस्नेत र लेखापाल जीवनारायण श्रेष्ठ ‘जीवन’ लाई सम्मान सहित बिदाई गरेको विद्यालयका सूचना अधिकारी रामबहादुर बानियाँले जानकारी दिएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखापाल भीमबहादुर गायकले विद्यालयको आर्थिक गतिविधि, सहायक प्रधानाध्यापक भेषराज पौडेलले स्वागत र कार्यक्रमको संचालन निमावि तह ईन्चार्ज महेन्द्रप्रसाद पौडेलले गरे।

कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कृति गीत तथा नृत्य प्रस्तुत समेत गरे। हिरक जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदैं आएको छ।

निकट भविष्यमै विद्यालयको नवनिर्मित भवनहरुको उद्घाटन गर्ने तयारीमा छ।