पोखराका मेयर धनराज आचार्य विन्ध्यवासिनी माविमा

जनसम्मत
श्रावण १६, २०७९, सोमबार

पोखरा–१६, बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको हिरक जयन्ती अन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाई कार्यक्रममा सरिक भए।

कार्यक्रममा मेयर आचार्यले अक्षयकोषदाता दुर्गा केसी थापा, मेहरमान थापा, भीमबहादुर थापा, प्रकाश अधिकारी/रमेश अधिकारी, एसईईका सर्वोत्कृष्ट विद्यार्थी सिन्धु लम्साल, आशिक गौतम, उत्कृष्ट विषयगत शिक्षक खेमराज पौडेल, महेन्द्रप्रसाद पौडेल, महेन्द्रमणि पौडेल, उत्कृष्ट कक्षा मोनिटर कक्षा ९ क की इन्दु लम्साल, उत्कृष्ट अभिभावक अनबहादुर बिक, रुपा नेपालीलाई सम्मान गरे।

कार्यक्रमका प्रमुख अतिथि मेयर आचार्यसँगै पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, शिक्षा महाशाखा शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलगायतले अक्षयकोषदाता, एसईईको उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक, उत्कृष्ट कक्षा मोनिटर र उत्कृष्ट अभिभावकलाई सम्मान गरे।