नेप्से परिसूचक २.७६ अंकले गिरावट

जनसम्मत
श्रावण १७, २०७९, मंगलवार

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स शून्य अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अंकले घटेको छ।

तर, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१३ अंकले बढेको छ। मंगलबार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपियाँ बराबरको कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ। जसमा फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज नेप्सेमा सामान्य गिरावट आएपनि विन्द्यवासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सामलिङ पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ। यता, राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ४.२४ प्रतिशतले घटेको छ। त्यस्तै, शिवम सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपियाँको शेयर कारोबार भएको छ।