सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

जनसम्मत
श्रावण १७, २०७९, मंगलवार

सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ।

अघिल्लो दिन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ९ सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार २२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।