३०० रुपैयाँले घट्यो सुनको मूल्य

जनसम्मत
श्रावण १८, २०७९, बुधबार

सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार १ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँका दरले घटेर १ हजार २ सय १० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।