आयल निगमले भन्यो, ‘इन्धनको मूल्य घट्दैन’

जनसम्मत
श्रावण १९, २०७९, बिहीवार

नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ।

निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको हो।

निगमले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ उल्लेख गरेको छ।

इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आइओसी) लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ। महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेको छ।