सचिवहरुको सरुवा

जनसम्मत
श्रावण १९, २०७९, बिहीवार

सरकारले सचिवहरुको सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेर जगेडामा राख्दै अन्य सचिवको सरुवा गरेको हो।

महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ।

साथै, राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन्। बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्लेलाई भने लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।

तर, अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि विदामा बसेका अर्थ सचिव मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका छन्।