८०० रुपैयाँले सुनको मूल्य बढ्यो

जनसम्मत
श्रावण १९, २०७९, बिहीवार

स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको कारोबार तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएर ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर रहेको छ। गत कारोबार दिन चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।