‘पहिले राजनीतिक दलको घोषणपत्र, अनि मात्र चुनावको घोषणा’

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले चुनावअघि नै राजनीतिक दलको घोषणापत्रहरु आउनुपर्ने औंल्याएका छन्।

चुनावअघि नै राजनीतिक दलहरुको घोषणपत्र सार्वजनिक हुनुपर्ने रोहितले उनको जिकिर थियो।

पोखरामा आज (शुक्रबार) पत्रकारसँग भेटको क्रममा यस्तो बताएका हुन्। उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुको घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताका मताधिकार सदुपयोगको िशुनिश्चित हुने उल्लेख गरे।

‘घोषणपत्रमा जे छ जनता स्वयंले पढ्न पाउँछन्। जनतालाई लक्षित कार्यक्रम ल्याइएको छन् भने सोहीअनुसार मतदान गर्छन्। जनताहरूको मत पार्टी र नेताका लागि निर्देशन पनि हो।’

उनले नेपालको परिवेशमा घोषणपत्र एउटा र काम अर्को हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ‘नेताले भोटका लागि घोषणपत्रमा राम्रा कार्यक्रम राख्छन् । सरकारमा गएपछि जनतालाई गरेका बाचा पूरा गर्दैनन्। यसकारण पनि घोषणपत्र पहिल्यै सार्वजानिक हुनुपथ्र्यो। पछि जनताले किन यो काम भएन भनेर प्रश्न गर्न सकुन्।’

घोषणपत्रकै आधारमा चुनाव लड्नुपर्ने उनको तर्क थियो । घोषणपत्रमा भ्रष्टाचारको विषय नलेख्ने तर, नेताले बढी भ्रष्टाचार गर्ने भन्दै उनले सुशासनका नारा झुटा हुन थालेको बताए।

उनले देशको प्रधानन्त्री र सरकार दिल्लीले बनाइदिने उल्लेख गरे। सत्ता संचालनको विषय दिल्लीमा नभई जनताको माझमा छलफल गर्नुपर्ने विषय भएको उनको तर्क थियो।

‘सरकार, बनाउने, नबनाउने नेपाली जनताको अधिकारको कुरा हो। सरकार बनाउन दिल्लीमा गएर भन्ने होइन। यहीँका जनतालाई भन्नपुर्‍यो। यहाँका जनताले बनाइदिने हो यहीँका सरकार,’ उनले प्रष्ट पारे।

नेता बिजुक्छेले एमसीसीको विषयमा पनि विरोध गरे। अमेरिकाले तेस्रो विश्वयुद्ध चाहेको भन्दै नेपाललाई युक्रेन र श्रीलंका बनाउन खोजेको उनको आरोप छ। ‘अमेरिकाले कुनैपनि देशको आर्थिक, राजनीतिक दृष्टिकोणबाट अघि बढाउन चाँहदैन,’ बिजुक्छेले प्रष्ट पारे ।