फिफा महिला वरीयतामा नेपाल खस्कियो

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

नेपालको महिला फिफा वरीयता खस्किएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा छ। अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ। यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अघि रहेको भारत ५८ औं स्थानमा छ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ। यस्तै, जर्मनी दोस्रो स्थानमा रहँदा स्वीडेन तेस्रो स्थानमा झरेको छ। इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा छ। त्यस्तै नेदरल्याण्ड छैठौं, क्यानडा सातौं, स्पेन आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा छ।