नेप्से ३४.६१ अंकले घट्यो

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३४.६१ अंकले घटेर २ हजार ११३.५५ बिन्दुमा झरेको छ।

आज (शुक्रबार) २ हजार १५० बिन्दुमा खुलेको बजार उच्च अंकले घटेर २११३.५५ बिन्दुमा झरेर बन्द भएको छ।

उच्च अंकले घटेको बजारमा साढे २ अर्ब बढीको कारोबार भएको छ। आज नेप्से उच्च २ हजार १५० बिन्दु र न्यून २ हजार १०८ बिन्दुमा झरेको थियो।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा ३ अर्ब ७४ करोडको कारोबार भएको थियो।

आज नेप्सेमा २ सय १३ कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। आज नेप्से कारोबारमा आएका २१३ कम्पनीमध्ये २१ कम्पनीको सेयरमूल्य बढेको छ भने १५७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ। अन्य १ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
नेप्सेमा जोशी हाइड्रोपमवर कम्पनीको सर्वाधिक ५.९१ प्रतिशतले सेयर मूल्य बढेको छ। त्यस्तै, गरी उपकार लघुवित्तको ३.१४ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ३.१० प्रतिशतले बढेको छ।

त्यस्तै, मैलुङ खोला जलविद्युतको सर्वाधिक ७.१८ प्रतिशत, गुवेश्वरी मर्चेन्टको ६.४२ प्रतिशत र युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरको ६.३७ प्रतिशतले सेयर मूल्य घटेको छ।

आज नेप्सेमा शिवम सिमेन्टको सर्वाधिक १५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नबिल बैंकको १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।