पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज (शुत्रबार) प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्।

उनले भने, ‘जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि संघर्ष गर्नुपर्दछ।’

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजले पत्रकारिता क्षेत्रलाई सदैव सम्मान र भरोसा गर्दै आएकाले जनविश्वासमा कमी आउने खालका गतिविधि हुन नहुनेमा जोड दिए।

जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले संचार क्षेत्र आवाजविहीनको आवाज बन्नुपर्नेमा जोड दिए।