कैलालीको गोदावरी नगरपालिकाले माग्यो कर्मचारी

जनसम्मत
श्रावण २१, २०७९, शनिबार

कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका कार्यालयले करारमा कर्मचारी मागेको छ।

नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार करार कर्मचारीसम्बन्धी सूचना जारी गर्दै कर्मचारी मागेको हो।

कार्यपालिका कार्यालयले भूमी आयोगका कार्यका लागि अमिन ६ जना, सर्भेक्षक ४, असिस्टेन्ट सब–इञ्जीनियर (ल्याब असिस्टेन्ट) १, सब–इञ्जीनियर (ल्याब टेक्निसियन) १, सूचना प्रविधि अधिकृत १ र कानून अधिकृत १ जना गरी करिब १४ जना कर्मचारी करारमा आवेदन मागेको छ।

योग्यता पुगेका ईच्छुकले प्रथम पटक सूचना जारी भएको मितिले १५ दिनभित्र तोकेको दस्तुर तिरेर आवेदन दिन सक्नेछन्।

हेर्नुहोस, सूचना