प्युठानको स्वर्गदारी नगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी

जनसम्मत
श्रावण २१, २०७९, शनिबार

प्युठान जिल्लाको भिंगुस्थित स्वर्गदारी नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै कर्मचारीहरु माग गरेको हो।

प्रशासन सहकायक पाँचौ तहमा १, सब–इञ्जीनियर पाँचौं २, स्वास्थ्य हेल्थ असिस्टेन्ट पाँचौं १, स्टाफ नर्स पाँचौं १, सब–इञ्जीनियर चौथो १, अमिन चौथो १, अहेब चौथो ७, अनमी चौथो ८, चालक १, हल्का सवारी चालक २, कार्यालय सहयोगी ७ र कुचीकार १ गरी करिब ३३ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका ईच्छुकले प्रथम पटक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

हेर्नुहोस, सूचना