साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा

जनसम्मत
श्रावण २१, २०७९, शनिबार

साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्।

भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्णबहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजीत मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्।

साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरेपनि अन्य विषय मिलाउन नसक्दा जेल मुक्त हुन सकिरहेका थिएनन्। यी ५ जना नै साउदीको अदालतबाट निर्दोष साबित भई रिहा भएका सामाजिक अभियन्ता सरोज रायले जानकारी दिएका हुन्।

साउदीको कानुनअनुसार अभियुक्त निर्दोष साबित भएपछि क्षतिपूर्तिको दाबी गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उनीहरूले क्षतिपुर्ति दाबी गर्ने अभियन्ता रायले बताए। साथै उनीहरू कार्यरत कम्पनीमा तलब सुविधा बाँकी रहेकाले त्यसको लागि पनि पहल गर्न उनीहरू अझै केही दिन साउदीमै बस्नुपर्ने भएको छ।

उनीहरूको रिहाइका लागि परिवार र आफन्तले २०७५ चैत्र १५ गते वैदेशिक रोजगार बोर्डमा कानुनी सहायताको लागि निवेदन दिएका थिए।

खबरहबमा समाचार छ।